ताजा खबर राजनीति News

आेली र नेपालबीच एमालेमा मारामार

आेली र नेपालबीच एमालेमा मारामार

oli असोज २१ । भित्रको विवाद मिलाएको जस्तो देखाइएपनि भूसको आगो भित्र भित्रै फैलिएको छ । आगो फैलिदै जाँदा नेताहरु एकले अर्कोलाई नटेर्ने र नगन्ने सम्मको अवस्था पैदा भएको छ । अध्यक्ष रहेको केपी ओलीका कारण पार्टी रसातलमा पुगेको र संविधान कार्यान्वयन हुन नसकी असफल हुन लागेको भन्दै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, घनश्याम भुसाललगायतले ओली विरुद्ध जेहाद छेडेका छन् ।

ओलीका कारण पार्टीको साख नराम्ररी गिरेको भन्दै एमालेमा ओलीको विकल्प खोजिएको स्रोतको दावी छ । पछिल्लो पटक उपमहासचिव रहेका घनश्याम भुसालले ओलीको राजनीतिक प्रतिवेदन हावादारी र पूर्णत पूर्वाग्रही भएको भन्दै फरक मतसहितको प्रतिवेदन ल्याए ।

सो प्रतिवेदन माधव नेपालको योजनामा ल्याइएको भन्दै ओलीले नेपाल पक्षमाथि कटाक्ष गरेका थिए । पार्टी्भित्र रहेर पार्टीकै साख गिराउनेहरुलाई कारवाही बाहेक अरु कुनै विकल्प नरहेको भन्दै ओलीले नेपालको धतुरो झारेको बताइन्छ । ओलीले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउने नाममा अराजकताको खेती गरेको भन्दै नेपाल पक्षले योजनाबद्ध रुपमा कार्यक्रम अगाडि सारेपछि एमालेमा भुसको आगो दन्किएको हो ।

घनश्याम भुसालले फरक मत सहितको प्रतिवेदन ल्याउनुले पनि ओलीको पार्टी सत्तामा हमला भएको अर्थको रुपमा लिइएको छ । ओलीको अराजकताका कारण पार्टी धुलीसात हुने अवस्थामा पुगेको भुसालको ठहर छ । नेपालको योजनामा खनाल, गौतमसहितको सहमतिमा उक्त प्रतिवेदन आएको ओली पक्षको आरोप छ । जनआव्हान

UML

विशेष