खेल ताजा खबर News

स्पेन र इटाली बराबरीमा रोकिए, स्पेनले हारको बदला लिन सकेन

स्पेन र इटाली बराबरीमा रोकिए, स्पेनले हारको बदला लिन सकेन

spain असोज २१ । गए राती भएको खेलमा स्पेन र इटलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोरिनोमा भएको खेलको पहिलो हाफमा स्पेनले ७४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, गोल गर्न सकेन ।

५५ औं मिनेटमा इटलीको किपरको गल्तीको फाइदा उठाउँदै स्पेन गोल गर्न सफल भयो । बल क्लियर गर्न डिबक्स बाहिर पुगेका वुफोन चुकेपछि चिमेल परेजले खोली पोष्टमा गोल गरेका छन् । तर, ८२ औं मिनेटमा इटलीले पेनाल्टी पायो र डि रोसीले सहज गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगायो ।

स्पेन युरोकपको प्रि क्वार्टरफाइनलमा इटलीसँग पराजित भएर घर फर्किएको थियो । तर, त्यो हारको छोटो समयमै भएको खेलमा स्पेन बदला लिन असफल भएको छ ।

Spain Vs Italy

विशेष