News समाज

नेपालकी निर्वाचन आयुक्त भारतीय पूर्व निवाचन आयुक्तको प्रेममा परेपछि..

नेपालकी निर्वाचन आयुक्त भारतीय पूर्व निवाचन आयुक्तको प्रेममा परेपछि..

quraishi-sharma

असोज २१ । निर्वाचन आयोगकी आयुक्त इला शर्माको विहे भारतीय निर्वाचन आयोगका पूर्वआयुक्तसँग हुने निश्चित भएको छ । भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीसँग प्रेम सम्बन्धमा रहेकी शर्माको बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन एक्सप्रेसले पुष्टिका साथ प्रकाशन गरेका छन् ।

निर्वाचन आयोगसबन्धी अन्तर्राष्ट्रिय सेमिनार भाग लिन गएको बेला मा मेक्सिकोमा भेट भएका शर्मा र कुरेसीबीच त्यहीँबाट प्रेमको सिलसिला शुरु भएको भारतीय पत्रिकाले खुलासा गरेका छन् ।उनीहरुबीचको प्रेम सम्बन्धको औपचारिक विवाह यसैसाता हुने दाबीसमेत रिपोर्टहरुमा गरिएको छ । कुरेसी ६९ वर्षका हुन् भने इला शर्मा ४९ वर्षकी ।

राजनीति र पैसा विषयक गोष्ठीमा भाग लिन गएका गएका बखत सन् २०१५ को सेप्टेम्बरमा मेक्सीकोमा यो जोडीको पहिलो भेट भएको थियो । यसबीचमा दुईपटक बिहे गर्ने भनिए पनि दुईपटक नै विभिन्न कारणले रोकिएको कुरेसीले बताएका छन् ।

कुरेसी आफ्नी पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल थिए भने इला शर्माका पति नवराज पौडेल माओवादीको आक्रमणमा परी जाजरकोटको पाँचकटियामा १५ वर्षअघि मारिएका थिए । उनी त्यसबेला नेपाल प्रहरीको इन्सपेक्टर थिए ।

Illa Sharma

विशेष