ताजा खबर News

मनकारी सांसद सहरमा सिसिटिभी जडान गर्न २ लाख सहयोग

मनकारी सांसद सहरमा सिसिटिभी जडान गर्न २ लाख सहयोग

rajendra-amatya असोज २१ । पर्सा क्षेत्र नं १ का सांसद राजेन्द्र बहादुर अमात्यले आफ्नो संसदीय कोषबाट सेफर वीरगन्जद्वारा सञ्चालित सिसिटिभी परियोजनाका लागि बिहीबार एक समारोहबीच दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घको सक्रियतामा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यलय, वीरगन्ज उपमहानगरपालिका, जिविसको संलग्नता तथा स्थानीय बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, नागरिक समाजको सहभागितामा सञ्चालित सेफर वीरगन्जले वीरगन्ज नगरलाई सुरक्षित बनाउन तथा आपराधिक क्रियाकलापको अनुगमन र नियन्त्रणका लागि विगतका वर्षदेखि नै वीरगन्ज नगर क्षेत्रभित्र सिसिटिभीको जडान र विस्तार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ ।

Rajnedra Amatya

विशेष