ताजा खबर News

नलपरासीमा बस दुर्घटना १० जना घाइते ३ को अवस्था गम्भिर

नलपरासीमा बस दुर्घटना १० जना घाइते ३ को अवस्था गम्भिर

road-accident-logo असोज २१ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको लोकाहामा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  बुटवलबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस र काठमाडौंबाट बुटवलका लागि छुटेको बा २ ख २०४१ नम्बरको माइक्रो आपसमा ठोक्किदा १० जना घाइते भएका हुन् । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए ।

घाइते मध्ये पाँच जनाको दलदले स्थित देवचुली अस्पतालमा उपचार भइरहेको छ । तीन जना गम्भीर घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको टाउको र छातीमा बढी चोट लागेको छ ।

road accident

विशेष