ताजा खबर विदेश News

हाइटीमा विशाल आँधी २ सय ६० को मृत्यु

हाइटीमा विशाल आँधी २ सय ६० को मृत्यु

haiti असोज २१ । हाइटीमा म्याथ्यु नामक आँधीका कारण मृत्यु हुनेको संख्या २ सय ६० भन्दा बढी पुगेको त्यहांको आपतकालीन सुरक्षा दस्ता ’सिभिल प्रोटेक्सन फोर्स’ले जनाएको छ । कतिपय शहरहरुमा ८० प्रतिशतसम्म घरहरु नष्ट भएका छन् । सुड प्रान्तमा ३० हजारजति घरहरु ध्वस्त भएका छन् । हाइटीमा अधिकांश क्षति शहरहरु र माछा मार्ने व्यवसायमा संलग्न तटीय गाउँहरुमा भएको छ ।

रुखहरु ढलेका छन, नदीहरुमा बाढी आएको छ र पुलहरु बगाएका छन् । राहत संस्थाहरुले हाइटीका प्रभावित क्षेत्रमा फोन र विद्युत सेवा अवरुद्ध भएको तथा त्यहांका मानिसहरुले खाना र पानीको अभाव झेल्नुपरिरहेको बताएका छन् ।

Haiti

विशेष