अपराध सुरक्षा News

१३ किलो चरेससहित पक्राउ

१३ किलो चरेससहित पक्राउ

chares असोज २१ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मौरीफाँटामा बिहीबार १३ किलो चरेससहित एकजना पक्राउ परेका छन् । लागुऔषधको कारोबारमा संलग्न रहेका कृष्णपुर नगरपालिका–८ मौरिफाँटा ३० वर्षीय कृष्णानन्द भट्ट १३ किलो चरेससहित बिहीबार पक्राउ परेका हुन् । भट्टले बझाङबाट चरेस ल्याएर कञ्चनपुर र कैलालीका स्थानीय व्यापारीलाई बेच्ने गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले भट्टलाई उनकै घरबाट पक्राउ गरिएको जानकारी दिए । विशेष सूचनाका आधारमा पक्राउ परेका भट्टविरुद्ध लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Charesh Sahit Pakrau

विशेष