अपराध सुरक्षा ताजा खबर News स्वास्थ्य

दशैको मुखमा ओमको लापरबाहीले बिरामीको मृत्यु, अस्पतालमा तनाब

दशैको मुखमा ओमको लापरबाहीले बिरामीको मृत्यु, अस्पतालमा तनाब

om

असोज २१ । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव भएको छ । चावहिल स्थित ओम अस्पतालमा संङ्खुवासभा चैनपुरकी ५२ वर्षीया टंक कुमारी न्यौपानेको बिहीवार अपरान्ह मृत्यु भएको थियो ।

१३ गते उपचारका लागि ओम अस्पतालमा न्यौपानेलाई भर्ना गरिएको थियो । पीडितपक्षका अनुसार ब्लिडिङ भएको बिरामीको अवस्था सामान्य रहेको थियो । तर, चिकित्सकको लापरबाहीका कारण ज्यान गएको पीडितपक्षले आरोप लगाएका छन् । अस्पतालमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । विवाद मिलाउन पीडित पक्ष र अस्पतालबीच वार्ता जारी रहेको छ ।

Om Hospital

विशेष