विदेश

अमेरिकामै पुगेर पाकिस्तानले भन्योः अमेरिका अब महाशक्ति भएन

अमेरिकामै पुगेर पाकिस्तानले भन्योः अमेरिका अब महाशक्ति भएन
pakistan-america-nepalaaja
पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफका विशेय दुतकारुपमा अमेरिका पुगेका मुसाहिद हुसेन सैयदले अमेरिका अब महाशक्ति नरहेको टिप्पणी गरेका छन् । काश्मिर मामलामा अमेरिकाले पाकिस्तानलाई साथ नदिए पाकिस्तानले रुस र चीनसँग गुहार माग्ने उनको भनाई छ । अमेरिकाकै राजधानी पुगेर सैयद भने, ’अमेरिका अब महाशक्ति रहेन। उसको शक्ति कमजोर भइसक्यो। तपाई अमेरिकालाई बिर्सनुस्।’ रुस पहिलो पटक पाकिस्तानलाई हतियार बेच्न तयार भएको छ र चीन पाकिस्तानको एकदमै नजिकको मित्र भएको भन्दै उनले बद्लिएको क्षेत्रीय समिकरणको ज्ञान राख्न अमेरिकालाई सुझाव दिए। उनी काश्मिर मुद्धामा अमेरिकाको ध्यान आकृष्ट गर्न अमेरिका गएका हुन् । एजेन्सी

america is no more strong nation said pakistan

विशेष