ताजा खबर राजनीति News

गोरखा पुगेर प्रधानमन्त्री दाहालले गरे एकीकृत बस्तीको शिलान्यास

गोरखा पुगेर प्रधानमन्त्री दाहालले गरे एकीकृत बस्तीको शिलान्यास

sialnayas असोज २१ । नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) को लगानीमा निर्माण हुने गोरखाको लाप्राकस्थित एकीकृत नमूना बस्तीको शिलान्यास भएको छ । एकीकृत बस्तीको सिलान्यास गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले यो एकिकृत मात्रै नभई नमूना बस्ती भएको बताउनु भयो । उहाँले नमूना बस्ती निर्माण कार्यले नयाँ सन्देश दिन सक्ने भन्दै यसले सम्पूर्ण नेपालीमा आशा जगाउने बताउनुभयो । कार्यक्रममा मूख्य सचिव सोमलाल सुवेदीले एकीकृत बस्ती निर्माणको गुरुयोजना स्वागतयोग्य रहेको भन्दै आउने समस्यामा सरकार साझेदारी गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घलेले प्रधानमन्त्रीको सम्बोधनले आफूहरुलाई ढुक्क बनाएको भन्दै १२ महिनाभित्र लाप्राकबासीलाई नयाँ घरमा सार्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लाप्राकको एकीकृत बस्ती प्राकृतिक र भौगोलिक संरचना, वातावरण नबिग्रने गरी स्थानीय सामाग्रीको प्रयोगद्धारा निर्माण गरिने एनआएनका अध्यक्ष शेष घलेले जानकारी दिनुभयो । नमूना बस्तीमा एनआरएनले चार सय ४४ आधुनिक घर निर्माण गर्नेछ । एकीकृत बस्तीमा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, स्थानीय जाति, जनजातिको भेषभुषा, संस्कृति र रहनसहन झल्कने एवं प्राकृतिक स्वरुप कायम हुने खालका घरहरु बनाइनेछ ।

Silanyas

विशेष