ताजा खबर राजनीति News

नयाँ शक्तिका केन्द्रिय सदस्य मुमाराम खनालले पार्टी परित्याग गरे

नयाँ शक्तिका केन्द्रिय सदस्य मुमाराम खनालले पार्टी परित्याग गरे

mumaram-khanal असोज २१ । नयाँ शक्तिका नेपाल पार्टीका केन्द्रिय कार्यकारी सदस्य मुमाराम खनालले नयाँ शक्तिबाट आफु अलग भएको जनाएका छन् । यता नयाँ शक्तिले उनलाई पार्टी अनुशासन विपरित अभिव्यक्ति दिएको भन्दै निलम्बन गरेको थियो । पार्टी विरोधि अभिव्यक्ति दिएकोले उनको मुद्दा अनुशासन आयोगमा पठाएकोले र छानविनको अवधीको लागि केन्द्रीय परिषद् सदस्य रहनेगरि, कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक, विद्यार्थीको उत्पेरकको जिम्मेवारीवाट हटाइएको बताए पार्टी केन्द्रीय कार्यालय संयोजक बामदेव क्षत्रीले बताए ।

यता खानलले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले कुनै अस्तित्व मात्र धान्ने दल निर्माण गर्ने र त्यसमा आफुलाई समावेश गर्ने मेरो कुनै अभिप्राय नभएकोले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । वस्तुगत राजनीतिक जगतमा देखिएको राजनैतिक विकल्पको संभावनालाई नेतृत्व गर्न सकियो भने त्यसले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निकै हदसम्म सकारात्मक योगदान पुर्याउँछ भन्ने मेरो मान्यता रहेको उनले बताएका छन् ।

खनालले नयाँ शक्तिको राजनीतिक संगठन, चरित्र र संस्कृतिले विकल्प होइन, पूर्व माओवादीकै निरन्तरताबाहेक अरु केही नभएको आरोप लगाएका छन्। गैरमाओवादी सदस्यहरु पनि नयाँ शक्तिमा टिक्न सक्ने कुनै वातावरण नरहेको उनले बताएका छन् ।

खनाल तत्कालिन नेकपा माओवादीका नेता थिए। त्यस पछि माओवादी परित्याग गरेर स्वतन्त्र लेखकको छवि बनाउँदै नयाँ शक्तिमा प्रवेश गरेका थिए।

mumaram

विशेष