कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई नोबेल शान्ती पुरुस्कार दिने घोषणा
यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति हुआन मानुअल सान्टोसलाई प्रदान गरिने भएको छ । ५२ वर्ष लामो गृहयुद्ध अन्त्यका लागि भूमिका खेलेकाले उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको नोबेल कमिटीले जनाएको छ । झण्डै चार वर्षको वार्तापछि गत महिना कोलम्बिया सरकार र फार्क बिद्रोहीबीच शान्ति सम्झौता भएको थियो । तर, कोलम्बियाको जनमत संग्रहले विद्रोहीसाग भएको शान्ति सम्झौतालाई अस्वीकृत गरेको छ । ५२ वर्षसम्म चलेको कोलम्बियाको गृहयुद्धमा २ लाख ६० हजार बढी मानिसको मृत्यु भएको थयो भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । columbia rastrapti columiba president