News

फूलपाती भित्र्याइयो

फूलपाती भित्र्याइयो
jamara-nepalaaja
हेटौँडा, २२ असोज । फूलपातीका उपलक्ष्यमा हेटौँडा उपनगरपालिका वडा नं १० स्थित गोर्खेश्वर मन्दिरमा राखिएको जमरा सहितको फूलपाती स्थानीय नगरको वनसखण्डीमा आज बिहान भित्र्याइएको छ । फूलपाती भित्र्याउन नेपाली सेना र सशस्त्र प्रहरी बलका न्याउले बाजा र झाँकी तथा शोभायात्रा सहित राजनीतिक दलका नेता–कार्यकर्ता, भक्तजन, मकवानपुरका निमित्त प्रजिअ हरिराज पन्त, सेना र प्रहरीका उच्च अधिकृतहरु वनसखण्डीबाट राप्ती तटमा रहेको गोर्खेश्वर मन्दिरमा पुगेका थिए । यसैगरी मध्यक्षेत्र प्रहरी कार्यालय हेटौँडाले वडा नं १० भुटनदेवी मन्दिरबाट फूलपाती प्रहरी कार्यालयको परिसरमा आज विधिवत् भित्र्याएको छ । सो फूलपाती लिन निमित्त प्रजिअ पन्त, मध्यप्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, प्रहरी जवान, कार्यालय प्रमुख र भक्तजन सहभागी हुनुहुन्थ्यो । रासस

dashain jamara fulpati

विशेष