ताजा खबर विदेश News

भारत पाक तनाव, सीमा नाका पूर्णरुपमा बन्द गर्ने

भारत पाक तनाव, सीमा नाका पूर्णरुपमा बन्द गर्ने
india-pakistan असोज २२ । भारतले पाकिस्तानसंगको सीमा पूर्ण रुपमा बन्द गर्ने भएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानसँगको सीमा सन् २०१८ सम्म पूर्ण रुपमा बन्द गर्ने बताएका हुन। राजस्थान, पञ्जाब, जम्मु–काश्मिर तथा गुजरातको सुरक्षा व्यवस्थाको समीक्षा बैठकमा उनले उक्त कुरा बताएका हुन । भारतीय गृहमन्त्री सिंहले पाकिस्तानसंगको सीमा पूर्ण रुपमा बन्द गर्ने बताएपनि भौगोलिक अवस्थाले गर्दा अधिकांश ठाउँमा पर्खाल वा तारबार गर्न सक्ने अवस्था नरहेको विशेषज्ञले बताएका छन् । काश्मिरमा पछिल्लो समय बढ्दै गएको हिंसात्मक गतिविधिका कारण भारत र पाकिस्तानबिचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । प्रहरीको गोली लागेर काश्मिरमा एक बालकको मृत्यु यसैबिच भारत प्रशासित काश्मिरमा प्रहरीको गोली लागेर एक बालकको ज्यान गएको छ । शुक्रबार प्रहरीले चलाएको गोली लागेर घाइते भएका १२ वर्षका जुनैद अहमदको उपचारको क्रममा शनिबार ज्यान गएको हो । जुनैदको टाउको र छातीमा गोली लागेको थियो

Indai Pakisatn

विशेष