ताजा खबर News

पूर्व गृहमन्त्री माधव धिमिरेका भाइको शव भेटियो

पूर्व गृहमन्त्री माधव धिमिरेका भाइको शव भेटियो

mohan असोज २३ । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहु जिल्लाको देवघाट(४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो ।

उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए । असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाइ बेपत्ता भएका थिए । एक सातासम्म सुरक्षाकर्मी र उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरुको शव भेटिएको थिएन ।

पूर्वमन्त्री घिमिरे, उनका एक भाई अझै बेपत्ता छन् ।

Mohan Ghimre

विशेष