खेल ताजा खबर News

विश्वकप छनोट खेलमा जर्मनी र इङ्ल्याण्ड विजयी

विश्वकप छनोट खेलमा जर्मनी र इङ्ल्याण्ड विजयी

woldcup

असोज २३ । विश्वकप छनोट फुटबल चरणअन्तर्गत शनिबार राति भएका खेलहरुमा जर्मनी र इंग्ल्यान्ड विजयी भएका छन् ।समूह ‘सी’को खेलमा जर्मनीले चेक गणतन्त्रलाई ३–० ले हरायो । जर्मनीका लागि थोमस मुलरले दुई तथा टोनी क्रुसले एक गोल गरे ।

यही समूहका अरु खेलहरुमा नर्दन आयरल्यान्डले सान मारिनोलाई ४–० ले तथा अजरबैजानले नर्वेलाई १–० ले हराएका छन् ।यसैगरी समूह ‘एफ’को खेलमा इंग्ल्यान्डले माल्टालाई २–० ले हराएको छ । खेलमा इंग्ल्यान्डलाई विजयी गराउन ड्यानिएल स्टरिज र डेले अलीले एक–एक गोल गरे ।

यही समूहका अरु खेलहरुमा स्लोभेनियाले स्लोभाकियालाई १–० ले हराउँदा स्कटल्यान्डले लिथुआनियासँग १–१ गोलको बराबरी खेलेको छ । यस्तै, समूह ‘इ’का खेलहरुमा पोल्यान्डले डेनमार्कलाई ३–२ ले हराउँदा रोमानियाले अर्मे्नियालाई तथा मान्टेनेग्रोले काजखस्तानलाई ५–० ले हराएका छन् ।

विश्वकप छनोटअन्तर्गत् अफ्रिकी महादेशका खेलहरुमा आइभोरी कोस्ट, सेनेगल र कंगो विजयी भएका छन् । आइभोरी कोस्टले मालीलाई ३–१ ले हराउँदा कंगोलेलाई लिबियालाई ४–० ले तथा सेनेगलले केप भर्डेलाई २–० ले हराएका हुन् ।

Worldcup Qualifire

विशेष