ताजा खबर विदेश News

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले माफि मागे, भन्छन् चुनावबाट हट्दिन

अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले माफि मागे, भन्छन् चुनावबाट हट्दिन

असोज २३ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू कुनैपनि हालतमा चुनावी मैदानबाट नहट्ने अडान लिएका छन् ।अमेरिकाको चर्चित पत्रिका ‘वाल स्ट्रिट जर्नल’सँगको कुराकानीमा ट्रम्पले आफूलाई चुनावी मैदान छोड्न आफनै पार्टीका केही नेताहरुले बताएपनि यो सम्भव नरहेको प्रतिक्रिया दिएका हुन् ।

महिलाकाबारेमा ट्रम्पले गरेको अश्लील टिप्पणीप्रति उनकै पार्टीबाट व्यापक विरोध भएको छ । केही दिनअघि एक भिडियोमा ट्रम्पले महिलालाई अपमान गरेको दृश्य सार्वजनिक गरिएको थियो । सो घटनाप्रति ट्रम्पले माफी मागेपनि सर्वत्र आलोचना भएको छ । सन् २००५ को भिडियोमा ट्रम्पले ‘चर्चित व्यक्ति भएमा महिलासँग जे गर्न पनिसक्ने’ बताएका थिए ।

महिलाको अपमान गरेको यस्तै अर्को भिडियो पनि सार्वजनिक गरिएको छ । ट्रम्पले माफी मागेपनि उनको चुनावी अभियानमा भने असर परेको विश्लेषकले बताएका छन् ।

विशेष