नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले हङकङको सामना गर्ने
असोज २३ । आइसीसी महिला विश्वकप क्रिकेटको छनोट खेलमा आइतबार (आज) नेपालले हङकङको सामना गर्दैछ । हङकङमा आइतबारदेखि सुरु हुन लागेको प्रतियोगिताको पहिलो खेलमै नेपालले आयोजकलाई प्रतिद्वन्द्वी पाएको हो । पछिल्लो दुई वर्षदेखि कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको नेपाली टोलीको लागि यो खेल सहज पक्कै हुने छैन ।
एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग दुईरदुईओटा खेल खेल्नेछन् । यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने महिला विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय नेपाली टोलीले प्रारम्भिक चरणको यो छनोट पार गर्ने विश्वास लिएको छ ।
Cricket