ताजा खबर News समाज

यात्रुबाहक बस ठोक्किदा ६५ यात्रु घाइते

यात्रुबाहक बस ठोक्किदा ६५ यात्रु घाइते

bus-accident

असोज २३ । दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् ।  काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् ।

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ ।  अन्य सामान्य चोटपटक लागेका यात्रुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन ।

Bus accident

विशेष