News समाज

श्रीमती हत्याको आरोपमा नायक पक्राउ

श्रीमती हत्याको आरोपमा नायक पक्राउ
death-main असोज २३ । मेलौलीमा श्रीमतीको हत्या आरोपमा मेलौली–१ द्वारिकाचोकका विजय नायक पक्राउ परेका छन् । विजयकी श्रीमती कमला शुक्रबार आफ्नै पसलको धुरीमा डोरीमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । कमलाको माइती पक्षले आत्महत्या नभई  श्रीमानले कुटपिट गरी हत्या गरेको भनेर उजुरी दिएपछि प्रहरीले विजयलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए। कमलाको शवपरीक्षणपछि दाहसंस्कार गरिसकिएको बताइएको छ । कमलाले आत्महत्या गरेको हो वा श्रीमान्ले हत्या गरेको हो भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

विशेष