अपराध सुरक्षा ताजा खबर News

बढी भाडा लिइएको दशलाख फिर्ता : प्रहरी

बढी भाडा लिइएको दशलाख फिर्ता : प्रहरी

hot-news-24th-768x480

असोज २३ । महानगरिय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाले चाडपर्वलाई लक्षित गरेर जनताको शान्ति सुरक्षाका लागि आफूहरुले विशेष कार्यदल नै बनाएर काम गरिरहेको जनाएका छन् । थापाले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘चाडपर्वलाई लक्षित गरेर हामीले विशेष अभियान नै चलाएका छौं, योबेलामा अपराधिक क्रियाकलाप नहोस् भनेर हामी पूर्ण सचेत छौं ।

यात्रुहरुको गन्तव्यसम्मको सुरक्षित यात्रादेखि अन्य सुरक्षा, चोरी, डकैती, पाकेटमारीबारे समेत प्रहरीले काम गरिरहेको उनले बताए । रिपोर्टर्स क्लबमा बोल्दै थापाले भने ‘चाडपर्वलाई लक्षित गरेर उपत्यकामा १२ वटा सहायता कक्ष सञ्चालन गरिरहेका छौं ।’

एआइजी थापाका अनुसार अहिलेसम्म दुई हजार यात्रुहरुबाट लिइएको बढी भाडाबाट १० लाख रुपैयाँ प्रहरीको सहायताबाट फिर्ता भएको छ एआइजी थापाका अनुसार प्रहरी अहिले पोशाक र सिभिलमा समेत परिचालन गरिएको छ । बजारमा किनमेल गर्न जाँदा नगद चोरी हुने अथवा लुटिने घटनाहरु बढि देखिएकाले त्यसप्रति प्रहरीले विशेष निगरानी बढाएको समेत उनले बताए ।

आफूलाई कसैले दुर्व्यवहार वा अपराधिक काम गरेको महशुस भए तुरुन्त प्रहरीलाई खबर गर्नसमेत थापाले आग्रह गरे । उनले भने, ‘हामीलाई खबर गर्नुहोस्, हामी पाँच मिनेटभित्रै आइपुग्छौं ।’

दशैंका लागि घर जाने यात्रुहरुलाई चर्को भाडा लिइएको बारेमा समेत प्रहरीले विशेष निगरानीका साथ काम गरिरहेको एआइजी थापाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म दुई हजार यात्रुहरुबाट लिइएको बढी भाडाबाट १० लाख रुपैयाँ प्रहरीको सहायताबाट फिर्ता भएको छ । उनले अरुलाई असुरक्षित हुने गरी कुनै पनि क्रियाकलापसमेत नगर्न आग्रह गरे ।

बजारमा देखिएका कृत्रिम अभाव र मुल्यवृद्धिलाई समेत ध्यानमा राखेर आफूहरुले काम गरिरहेको थापाको भनाइ छ ।

Firta

विशेष