ताजा खबर विदेश News

बंगलादेशको सीमामा नौ म्यानमार प्रहरीको हत्या

बंगलादेशको सीमामा नौ म्यानमार प्रहरीको हत्या

myanmar असोज २४ । बङ्गलादेशको सीमा क्षेत्रका आइतबार बिहान सबेरै भएको एक आतङ्ककारी आक्रमणमा नौ म्यानमारका प्रहरी अधिकारीहरु मारिएका छन्. ।

हालसम्म घटनाको कसैले जिम्मा नलिए पनि म्यानमारका एक जना स्थानीय वरिष्ठ अधिकारी वर्षौंसम्म निस्क्रिय रहेको अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदायका सशस्त्र लडाकूउपर आशङका गरिएको बताएका छन् ।

बिहानै करिब १ः३० मा भएको उक्त आक्रमणबाट पश्चिमी म्यानमारको राखिन राज्यमा अवस्थित मोङ्गदाओनजिक रहेका तीनवटा सीमा सुरक्षा चौकीमा क्षति पुगेको छ ।

राखिन राज्यमा अल्पसङ्ख्यक रोहिङ्ग्या मुसलमान समुदाय बसोबास गर्दै आएका छन् ।यहाँ बारम्बार बौद्धधर्मावलम्बी र मुसलमानबीच जातीय हिंसा र तनाव भै रहन्छ । यस्तै अशान्तिका कारण रोहिङ्ग्या समूदायलाई कष्टकर जीवन गुजार्न वाध्य पारिएको छ ।

यस आक्रमणमा परी नौ प्रहरी अधिकारी मृत्यु हुनुको साथै अन्य चार जना घाइते र एक प्रहरी अधिकारी अझै बेपत्ता रहेका छन् ।

myanmar Police death

विशेष