अर्थशास्त्रको नोबेल पुरस्कार हार्ट र होमस्ट्रोमलाई
असोज २४ । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हार्वार्ड विश्वविद्यालयका ओलिभर हार्ट र मासाचुसेट्स इन्स्टिच्युट्स अफ टेक्नोलोजीका बेंग्ट होमस्ट्रोमलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
‘कन्ट्रयाक्ट थ्योरी’मा पु¥याएको योगदानका लागि सो पुरस्कार प्रदान गरिएको रोयल स्वीडिस एकेडेमीले जनाएको छ । हार्ट र होमस्ट्रोमको कार्य ‘वास्तविक जीवनका करार तथा सँस्थाहरुलाई बुझ्नका लागि महत्वपूर्ण’ भएको एकेडेमीले जनाएको छ । दुवैको काम बीमा दाबी, तलब, सम्पत्ति अधिकारजस्ता विषयको करारसँग केन्द्रित रहेको जनाइएको छ ।
हार्ट बेलायतमा जन्मेका हुन् भने होमस्ट्रोम फिनल्याण्डमा जन्मेका हुन् ।
Nobel