अर्थ ताजा खबर News

अर्थमन्त्री महरा स्वदेश फिर्ता

अर्थमन्त्री महरा स्वदेश फिर्ता

mahara

असोज २४ । उपप्रधानमन्त्री कृष्णबहादुर महरा संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा सम्पन्न विश्व बैंक र अन्तर्रा्ष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् ।

स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री महराले विश्वभरि रहेको गरिबी र असमानताको अन्त्य तथा नेपालको विकास र पुनः निर्माणका सहयोगका क्षेत्रका विषयमा आफूले सम्बोधन गरेको बताए ।

उनले भूकम्पपछिको पुनःनिर्माणको प्रगतिको अवस्थाबारे जानकारी गराई थप सहयोगका लागि आह्वान गरिएको जनाउँदै यसबाट आपसी विश्वासको वातावरण तय भएको उल्लेख गरे । दातृ निकायले नेपाल सरकारले भूकम्पपीडितलाई निजी आवास बनाउन दिने भनिएको थप रु एक लाख कसरी वितरण गर्ने भन्नेबारेमा जिज्ञासा राखेका थिए ।

वार्षिक बैठकमा विश्वका १७९ मुलुकका प्रतिनिधि सहभागी थिए । सोक्रममा विश्व बंैक, एसियाली विकास बैंक र अन्य आर्थिक क्षेत्रका संस्थाका उच्चस्तरीय प्रतिनिधिसँग अनौपचारिक भेटवार्ता भएको थियो । भविष्यमा द्विपक्षीय छलफलबाट थप सहयोगबारे ठोस निर्णय हुने अर्थमन्त्री महराले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट नेतृत्व गर्दै अर्थमन्त्री यही असोज १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

अर्थमन्त्री महराका साथ अर्थसचिव शान्तराज सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल, प्रमुख स्वकीय सचिव हिमाल शर्मा लगायत थिए ।

Krisha bahadur Mahar

विशेष