खेल ताजा खबर News

नेपालद्वारा चीन २० रनले पराजित

नेपालद्वारा चीन २० रनले पराजित
nepal असोज २५ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मंगलबार चीनलाई २० रनले हराएर हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा पहिलो जित हात पारेको छ । नेपालले छिमेकी चीनमाथि सात वर्षपछि जित निकलोको हो । लगातार तेस्रो खेलमा टस जित्दै ब्याटिङ रोजेको नेपालले कउलुन क्रिकेट क्लबमा निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९५ रनको स्कोर बनाएको थियो । जवाफमा चीनले आठ विकेटको क्षतिमा ७५ रनमात्र बनायो । सन् २००९ मा भएको एसीसी वुमेन्स ट्वान्टी ट्वान्टीमा ७३ रनको जित हात पारेपछि लगातार दुई खेलमा नेपाल चीनसँग हारेको थियो । यी दुईको ५ भेटमा नेपालले मंगलबार हात पारेको सफलता तेस्रो जित हो ।  

Nepal Vs china

विशेष