काबुलमा आक्रमण १४ जनाको मृत्यु

असोज २६ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिया धार्मिक स्थलमा बिद्रोहीले आक्रमण गर्दा कम्तिमा १४ जनाको ज्यान गएको छ । पहिले विस्फोट भएको र त्यसपछि गोली हानाहान भएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य २६ जना घाइते भएका छन् । ज्यान जानेमा एकजना प्रहरी अधिकारी पनि छन् । पैगम्बर मोहम्मदका नाती इमाम हुसैनको निधन भएको दिनको सम्झना गर्न जम्मा भएका मानिसको भीडमा आक्रमण भएको हो ।
Kabul