खेल ताजा खबर News

जर्मनीले नर्दन आयरल्याण्डलाई २–० गोल अन्तरले हरायो

जर्मनीले नर्दन आयरल्याण्डलाई २–० गोल अन्तरले हरायो

garmany असोज २६ । जर्मनी विश्व कप २०१८ को छनौटमा लगातार तेस्रो जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो । समूह सीमा रहेको जर्मनीको जितमा जुलियन ड्रक्सलर र सामी खेडिएराले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३ औं मिनेटमा ड्रक्सलरले गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि नै खेडिएराले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले पछि परेको आयरल्याण्डले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको थियो । तर गोल भने गर्न सकेन ।

समूह सी अन्तर्गतकै खेलमा अजरबैजानले चेक गणतन्त्रसँग गोलरहित बराबरी खेल्यो । तीन खेलबाट ९ अंक जोडेको जर्मनी समूहको शीर्ष स्थानमा तथा सात अंक भएको अजरबैजान दोस्रो स्थानमा छ । यस्तै नर्वेले सान मारिनोलाई ४–१ ले हरायो ।

worldcup Qualifier

विशेष