ताजा खबर विदेश News

मेरो विरोध गर्ने राष्ट्रघातीः ट्रम्प

मेरो विरोध गर्ने राष्ट्रघातीः ट्रम्प

trum

असोज २६ । अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना पार्टीका नेताको कडा आलोचना गरेका छन् । ट्रम्पले आफ्नो विरोध गरिरहेका रिपब्लिकन पार्टीका नेतालाई विश्वासघाती रहेको आरोप लगाएका छन् । ट्रम्पको महिलामाथिको अश्लिल टिप्पणी सार्वजनिक भएपछि रिपब्लिकन पार्टीका धेरै उच्च नेताले ट्रम्पको विरोध गरेका छन् । ट्रम्पले आफ्नो विरोध गर्ने आफ्नै पार्टीका नेता विपक्षी पार्टीका नेता भन्दा पनि घातक रहेको भन्दै ट्वीट गरेका छन् ।

ट्रम्पले ट्वीटमा आफूलाई विश्वासघात गर्ने रिपब्लिकन नेता डेमोक्र्या्टिक प्रतिद्वन्द्वी हिलारी क्लिन्टन भन्दा पनि घातक रहेको उल्लेख गरेका छन् । ट्रम्पले हाउस अफ रिप्रिजेनटेटिभका सभामुख पल रायन एक मजोर नेता रहेको बताएका छन् । रायनले मंगलबार महिलाको अपमान गर्दै गरेको भिडियो सार्वजनिक भएपनि अब आफूले ट्रम्पको बचाउन गर्न नसक्ने बताए ।

रायनले आफू ट्रम्पलाई भन्दा पनि पार्टीलाई बलियो बनाउन तर्फ लागिपर्ने बताए । । ट्रम्पले रायनको भनाईपछि आफूमा रहेको पार्टीको बन्धन टुटेको र अब आफ्नै तरिकाले अघि बढ्ने उल्लेख गरेका छन् ।

Trump

विशेष