ताजा खबर News समाज

दूधकोसीमा पुल नबन्दा समस्यै-समस्या

दूधकोसीमा पुल नबन्दा समस्यै-समस्या
pu1l असोज २६ ।  मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोसी नदीको पक्की पुल नबन्दा जिल्लाको भौतिक पूर्वाधार निर्माणमा बाधा पुगेको छ ।

सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवनलगायत भौतिक निर्माणमा बाधा पुगेको हो । २०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्ष्भित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको आठ वर्षमा पनि काम हुन सकेको छैन । पक्की पुल निर्माणको ठेक्का कालिका कन्ट्रक्सन र गोल्छा अर्गनाइजेसनको हुलास कम्पनीले लिएको हो । डिजाइन एप्रुभड, मुआब्जालगायतका कारण २०६६ सालमा सम्झौता गरे पनि २०६९ सालमा मात्र काम सुरु भएकाले ढिलाइ भएको ठेकेदार कम्पनीका आयोजना प्रमुख उद्धव रानाले बताए । रानाका अनुसार ढिलाइका कारण करिब रु १० करोडको लागतमा सम्पन्न हुनुपर्ने पुलमा रु १८ करोड लगानी भइसकेको छ ।

पुल नहुँदा निर्माणाधीन मध्यपहाडी लोकमार्गलगायतका जिल्लाका विभिन्न सडक निर्माणमा समस्या भएको छ । दिक्तेलदेखि हलेसीसम्मको सडक ९४२ किलोमिटर एसियाली विकास बैंकको रु ८७ करोडको लागतमा अढाइ वर्षमा सकिनुपर्नेमा अहिलेसम्म पनि बन्न सकिएको छैन । यसअन्तर्गत १ नम्बर प्याकेजको सूर्य कन्टक्स, २ र ३ नम्बर प्याकेजको त्रिशूली–नागार्जुन जेवी कन्ट्रक्सनले ठेक्का लिएको छ ।

मुख्य पुल र सडक नबन्दा जिल्लामा विस्तार भएका २४ वटा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक र गाउँस्तरीय गरी ५८६ किलोमिटर सडक पनि सञ्चालनमा समस्या भएको छ । जिल्लामा जिल्ला सडक, आर्थिक केन्द्र जोड्ने सडक ५८७ वटा र गाउँस्तरीय २१३ वटा गरी ८०० किलोमिटर सडक बनाउने जिल्ला यातायात गुरुयोजना अनुसार सडकको ट्रयाक खोलिए पनि मर्मत गर्न नसक्दा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताए

Pul

विशेष