अपराध सुरक्षा ताजा खबर News

श्रीमतीको हत्या गर्ने श्रीमान सहित सपरिवार पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान सहित सपरिवार पक्राउ

death-main असोज २६ । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर जङ्गलमा लगेर भाउजुको हत्या गरेको परिवारको दाबी छ ।

भाउजुको हत्या गरेर बिष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको भए तापनि भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्न रहेको आरोप भीम कुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै घरपरिवारलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टाले बताएको छ ।

राजेन्द्रका घरपरिवारको सुरक्षाको लागि र अनुसन्धानको लागि पनि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताउए ।

यता बिष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजुको हत्या आफू एक्लैले गरेको बताउन थालेको पनि प्रहरीले बताएको छ ।

भीमकुमारीको हत्यामा को को संलग्न हुन् भन्ने कुरा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र यता आफूहरुले पनि थालेको कारण चाँडै यसको वास्तविकतामा पुगिने कुरा इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Death

विशेष