ताजा खबर News

विद्युत प्राधिकरणको सब स्टेसनमा आगलगी डेढ करोडको क्षति

विद्युत प्राधिकरणको सब स्टेसनमा आगलगी डेढ करोडको क्षति

असोज २६ । डोटीको दीपालयस्थित नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा आगलागी हु“दा डेढ करोड बराबरको क्षति भएको छ । आज बिहान विद्युतको टान्सफर्मरमा समस्या आई विद्युत सर्टह“ँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण झण्डै डेढ करोड रुपैया“ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

aagoआगलागीले ट्रान्सफर्मर तथा फेडरसहित अन्य ३ वटा उपकरण जलेर नष्ट भएका छन् । स्टेशनमा आगलागी भएपछि डोटी र अछाममा विद्युत सेवा पूर्णरुपमा बन्द भएको छ । सब स्टेनसनमा लागेको आगो स्थानीय बासिन्दा, प्रहरी र कर्मचारीको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । नया“ ट्रान्सफर्मर र फिडर पुनः सञ्चालनमा ल्याउन केहीदिन लाग्ने प्राधिकरणले जनाएको छ ।

विशेष