ताजा खबर विदेश News

जम्मु काश्मिरमा भारतीय सेना र चरमपन्थीबीच ५० घण्टालामो गोली हानाहान

जम्मु काश्मिरमा भारतीय सेना र चरमपन्थीबीच ५० घण्टालामो गोली हानाहान

army

असोज २६। जम्मु काश्मिरको पपोर क्षेत्रमा सुरक्षा बल र चरमपन्थी हमलाकारीबीच ५० घण्टा लामो दोहोरो गाली हानाहान भएको छ ।भारतीय समाचार माध्यमहरुका अनुसार सेना सात तले भवन भित्र प्रवेश गरेको छ । र, दुई जनालाई मारेको छ । अन्यको खोजी भइरहेको जनाइएको छ ।

सुरक्षा बलले मंगलबार राति एक आतंकवादीलाई मारेका थिए भने अर्का एकलाई आज गोली लागेको थियो । सेनाले भवनमा अन्य दुई जना लुकेको हुनसक्ने बताएको छ । र, खोजी कार्य जारी रहेको छ ।मुठभेडमा सेनाले ५० रकेट, मेसीनगन तथा सयौं ग्रीनेडको प्रयोग गरेको छ ।

सैनिक सूत्रका अनुसार तेस्रो हमलाबरको खोजी सकिएको छ । तर सेनाका जवान सात तले भवनभित्र लगाइएको विस्फोटक पदार्थ निष्क्रिय पार्न लागिरहेका छन् ।

indian army

विशेष