ताजा खबर News

दुई मोटरसाइकल एक आपसमा जुध्धा शसस्त्र प्रहरी निरिक्षकको मृत्यु

दुई मोटरसाइकल एक आपसमा जुध्धा शसस्त्र प्रहरी निरिक्षकको मृत्यु

road-accident-logo असोज २६ । धादिङको बैरेनी गाविस ९ बैरेनी बजारमा दुई मोटरसाइकल एक आपसमा ठोकिंदा १ जनाको मृत्यु भएको छ ।काठमाण्डौंबाट चितवन जाँदै गरेको बा ७५ प २९६७ नंबरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ६९ प १७५५ नंबरको मोटरसाइकल एक आपसमा ठोकिंदा बा ७५ प २९६७ नंबरको मोटरसाइकल चालक धु्रव थापाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक सरद प्रसाद खत्रिले जानकारी दिए । तनहुँ मरलुङ ४ निवासी थापा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक हुन् । थापा दक्षिणकाली कुमलटारमा कार्यरत थिए ।

road accident

विशेष