ताजा खबर राजनीति News

संविधान संशोधनले विवाद बढाउने दाबी

संविधान संशोधनले विवाद बढाउने दाबी
yuwa_raj_gyawali4337

असोज २७ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनका लागि स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टर्स क्लबद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भने, ‘संविधान संशोधनको प्रक्रियाले द्वन्द्व र विवाद बढाउने हुँदा यसको औचित्य छैन् ।’ उनले चुनाव भएपछि सबै दलको सहकार्यमा संविधान संशोधन गर्न सक्ने बताउँदै सबै दलले देश र जनताको हितमा राजनीतिलाई केन्द्रित गर्नुपर्छ भने ।

नेपाली काँगे्रसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले गणतन्त्र, सङ्घीयता र धर्म्निरपेक्षताका विरुद्ध सम्झौता गरेर संविधान संशोधनका लागि काँग्रेस तयार नहुने बताए । मधेस केन्द्रित दललगायत संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधनका लागि ठूला दलको शीर्ष नेतृत्वका बीचमा अनौपचारिक छलफल भइरहेको जानकारी दिँदै संशोधनका लागि छिटो प्रस्ताव ल्याइने बताए । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले कुनै पनि दलसँग दुई तिहाइ बहुमत नरहेको अवस्थामा दलहरुबीचको सहमति र सहकार्यबाट मात्र संविधान संशोधन हुन सक्ने प्रष्ट पार्दै संशोधन प्रक्रिया अगाडि बढाउँदा मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनुपर्ने माग गरे ।

संयुक्त मधेसी मोर्चाका नेता रामनरेश रायले मुलुकमा विद्यमान समस्या समाधानका लागि ठूला दल जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान संशोधनको प्रक्रिया बढाउन माग गरे ।

Youbaraj Gawali

विशेष