ताजा खबर News

बस र कार ठोक्किदा एक को मृत्यु दर्जनौं घाइते

बस र कार ठोक्किदा एक को मृत्यु दर्जनौं घाइते

road-accident-logo असोज २७ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

बुधबार राति नवलपरासीको लोकाहा पुलको ओरालोमा पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ४ ख ७७९९ नम्बरको बस र बा १३ च १६१७ नम्बरको कार ठोक्किँदा कारमा सवारमा नवलपरासी प्रसौनी–२ का ४० वर्षकी नारायणी अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते भएकी अधिकारीको भरतपुर मेडिकल कलेज उपचारको क्रममा ज्यान गएको हो ।

Accident

विशेष