ताजा खबर News

खोलामा बग्दै गरेका बालकको उद्दार

खोलामा बग्दै गरेका बालकको उद्दार

death

असोज २८ । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ । आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका हुन् । आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याएपछि पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएको उनले बताए ।

राधा दामोदर आरोग्य वृद्धाश्रममा बस्दै आएकी आमा कमला घिमिरेसँगै बालक बस्दै आएका छन् ।  आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने स्थानीय होटल व्यवसायी रेशम पोख्रेललाई ग्रामीण सहारा समाज साँखर, साँखरका स्थानीयवासी र साँखर प्रहरी चौकीले प्रमाणपत्र र दोसल्लाले सम्मान पनि गरेको छ ।

Uddar

विशेष