ताजा खबर सफलताको कथा News

चौकीदारकाे छोरादेखि अरबौंको मालिक सम्म...

चौकीदारकाे छोरादेखि अरबौंको मालिक सम्म...

भारतको ४८ औँ धनी व्यक्तिका रुपमा रहका पतंजलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलो स्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन् ।

पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण भारतीय योगगुरु रामदेवका सबैभन्दा निकट विश्वासपात्र तथा भारतमा दैनिक उपभोग्य सामाग्रीको उत्पादन र विक्री वितरणमा कीर्तिमान बनाइरहेको पतंजलि आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक हुन् । भारतबाहिर पतजंलि योगपीठले आफ्नो पहिलो कारखाना नेपालको बारा जिल्लामा आगामी नोभेम्बरमा उद्घाटन गर्दैछ ।

अन्तर्राष्ट्रिय पत्रिका फोर्बसले सार्वजनिक गरेको धनाढ्यहरुको सूचीमा करिब साढे दुई खर्ब रुपैयाँ सम्पत्ति भएका आचार्य बालकृष्ण भारतका ४८ औँ धनी व्यक्ति भएको जनाएको थियो । उसका अनुसार तीव्र रुपमा दैनिक उपभोग्य सामाग्रीको विस्तार गरिरहेको १० वर्षअघि स्थापित पंतजलि आयुर्वेद लिमिटेडको ९७ प्रतिशत स्वामित्व बालकृष्णसँग छ । उनी आफ्नो मस्तिष्क नै कम्प्युटर भएको बताउँछन्।

झण्डै ११ हजार मानिसहरु काम गर्ने पंतजलि आयुर्वेदको नीति, उत्पादन, विस्तार र योजना उनले हेर्दै आएका छन् । बाबा रामदेव र आफूले पतंजलिबाट कुनै तलब लिने नगरेको उनले जनाए ।

नेपालको स्याङ्जास्थित काँफलडाँडाको पुर्खयौली गाउँमा हुर्किएका उनी ५ कक्षा पढेपछि भारत पसेका थिए । आफ्ना पिताले भारतमा चौकीदारीसहित विभिन्न मजदुरी गरेको उल्लेख गर्दै आचार्य बालकृष्णले सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकुलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता बसेको बताए । आफ्ना आमाबुबा र आफन्त अहिले पनि स्याङ्जामै बसिरहेको र परिवारले सामान्य खेतीपाती गरी जीवनयापन गरिरहेको उनले बताए ।

Acharya Ramdev

विशेष