खेल ताजा खबर News

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया पराजित, इंग्ल्यान्डले श्रृंखला जित्यो

दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया पराजित, इंग्ल्यान्डले श्रृंखला जित्यो

77322 असोज २७ । अस्ट्रेलियासँगको पाँच एकदिवसीय म्याचको शृंखलामा दक्षिण अफ्रिकाले कीर्तिमान कायम गरेको छ । बुधवार सम्पन्न अन्तिम खेलमा ३१ रनको विजय हासिल गर्दै दक्षिण अफ्रिकाले ५–० को जीत निकाल्दै ह्वाइटवाश गरेको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय २८ रनको लक्ष्य भेट्नका लागि अस्ट्रेलियाका विस्फोटक ब्याट्स्म्यान डेभिड वार्नरले १७३ रन बनाएका थिए तर त्यो पर्याप्त भएन ।

दक्षिण अफ्रिकाका राइली रुसोले १२२ रन अनि जेपी डुमिनीले ७३ रन बनाका थिए । निर्धा्रित ५० ओभरमा दक्षिण अफ्रिकाले ३ सय २७ रन बनायो । जवाफमा ब्याटिङ गरेको अस्ट्रेलियाले ४८.२ ओभर खेल्दै २ सय ९६ रन मात्र बनाउन सक्यो ।

77315

त्यस्तै इंग्ल्यान्ड र बंगलादेशबीचको तीन एकदिवसीय शृंखला पाहुना टोली इंग्ल्यान्डले २–१ ले जितेको छ । बुधवार सम्पन्न खेलमा इंग्ल्यान्ड चार विकेटले विजयी हुँदै शृंखला कब्जा गरेको हो । बंगलादेशले दिएको २ सय ७८ रनको चुनौतीलाई ६ विकेट गुमाएर ४७.५ ओभरमै हासिल गर्न इंग्ल्यान्ड सफल भएको थियो ।

यसअघि ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७७ रन बनायो । विकेटकीपर ब्याट्स्म्यान मुशफिकुर रहिमले नटआउट ६७ रन बनाए भने सब्बिर रहमानले ४९ रन बनाए । यी दुई टोली बीच दुईवटा टेस्ट म्याचमा भिड्नेछन् । पहिलो टेस्ट चित्तगोङमा कार्तिक ४ गतेबाट शुरू हुनेछ ।

विशेष