अपराध सुरक्षा News

किशोरीको सीमा नाकाबाट उद्धार

किशोरीको सीमा नाकाबाट उद्धार

rape असोज २७ । माइती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट बुधबार साँझ एकजना किशोरीको उद्धार गरेको छ । कैलालीको टीकापुर नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई कैलालीकै गोदावरी गाविसका दीपक रोक्कामगरसँग भारततर्फ गइरहेका बेला सीमा नाकाबाट उद्धार गरिएको हो । किशोरीका बुबाले छोरी हराएको खबर गरेपछि सीमा क्षेत्रमा निगरानी बढाएर किशोरीको उद्धार गरेका छौंँ, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भनिन् ।

किशोरीलाई भारततर्फ लैजान लागेका दीपक रोक्कामगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ । उद्धार गरिएकी किशोरी माइती नेपालको संरक्षणमा छिन् । भारतको हल्द्वानी जान भनी हिँडेका बेला बेचबिखनको जोखिममा पर्नसक्ने भन्दै सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक भट्टले बताइन ।

Uddar

विशेष