ताजा खबर विदेश News

ट्रम्प यौन सिकारी हुन् : क्यानेडियन पहिलो महिला प्रधानमन्त्री

ट्रम्प यौन सिकारी हुन् : क्यानेडियन पहिलो महिला प्रधानमन्त्री

kim असोज २७ । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले महिलामाथि गरेका यौन दुर्व्र्यवहारका घटना धमाधम सार्वजनिक हुने थालेका बेलामा क्यानाडाको पहिलो महिला प्रधानमन्त्री किम क्याम्पबेलले ट्रम्प यौन शिकारी भएको टिप्पणी गरेकी छन् । महिलाहरूमाथि अनुपयुक्त व्यवहार गर्ने अनि त्यसमा रमाउने ट्रम्पको बानी चिन्ताजनक रहेको क्याम्पबेलले बताइन् ।

एक्सेस हलिउडको २००५ मा बनाइएको भिडियो हालै लिक भएको थियो । त्यसमा ट्रम्पले आफूलाई यौन शिकारी भएको बताएका छन् र त्यसमा गर्व गरेका छन् । यस्तो व्यवहार अस्वीकार्य भएको क्याम्पबेलले बताइन् ।

सन् १९९३ मा चार महिनाका लागि प्रधानमन्त्री भएकी क्याम्पबेल क्यानाडाको इतिहासमा अहिलेसम्मकी एक्ली महिला प्रधानमन्त्री हुन् । उनी चार महिनाका लागि प्रधानमन्त्री भएकी थिइन् । पछि उनको प्रोग्रेसिभ कन्जर्भे्टिभ पार्टीले आमनिर्वाचनमा पराजय बेहोरेको थियो । सन् १९९० को दशकमा न्यायमन्त्री हुँदा क्याम्पबेलले यौन दुर्व्यवहारसम्बन्धी कानूनमा सुधार ल्याएकी थिइन् ।

मंगलवार दिएको एक अन्तर्वार्तामा उनले ट्रम्पमाथि प्रहार गरेकी थिइन् । महिलाहरूलाई अनुमति नलिई चुम्बन गर्ने र समात्ने काम ट्रम्पले गरेको आपत्तिजनक भएको उनले टिप्पणी गरिन् ।

यसैबीच अस्ट्रेलियाको संसदले ट्रम्पलाई ‘घिनलाग्दो कीरा’ अनि राष्ट्रपति हुन अयोग्य व्यक्ति भनी प्रस्ताव पारित गरेको छ । उता अमेरिकामा जेसिका लीड्सले धेरै वर्षअघि ट्रम्पले आफूलाई जबर्जस्ती सबैतिर समातेको खुलासा गरिन् । आफू ३८ वर्षको हुँदा हवाईयात्राका क्रममा ट्रम्पले जबर्जस्ती गरेको उनले द न्युयोर्क टाइम्सलाई बताइन् ।

त्यस्तै रेचल क्रूक्सले पनि आफू २२ वर्षकी रिसेप्सनिस्ट हुँदा ट्रम्पले जबर्जस्ती ओठमा चुम्बन गरेको आरोप लगाएकी छन् ।

Kim

विशेष