खेल ताजा खबर News

हङकङविरुद्धको खेलमा नेपालको सनसनीपूर्ण जित

हङकङविरुद्धको खेलमा नेपालको सनसनीपूर्ण जित
nepal असोज २७ । आईसीसी महिला विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालले आज हङकङविरुद्ध ६ रनको सनसनीपूर्ण जित हासिल पारेको छ । हङकङको काउलनमा टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले सबै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ७५ रन बनाएको थियो । ७६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको हङकङे टोली १७.४ ओभर खेल्दै ६९ रनमा अलआउट भयो । पहिलो खेलमा हङकङले नेपाली टोलीले ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा थाइल्यान्डसँग पराजित नेपाली टोलीले तेस्रो खेलमा भने चीनलाई पराजित गरेर जितको खाता खोलेको थियो । नेपालबाट रुबिना क्षेत्री बेलबासी, रोशनी बोहोरा, रश्मी शर्मा चौलागाईं, करुणा भण्डारी, सरस्वती चौधरी कुमारी, सरिता मगर, सीता राना मगर, नरी थापा, ज्योति पाण्डे, नीरा राजोपाध्याय, सबनम राई, निर्मलाकुमारी शाही, काजल श्रेष्ठ, इन्दु वर्मा छन् ।

विशेष