ताजा खबर राजनीति News

चीनिया राष्ट्रपतिलाई नेपाल ल्याउन पहल गर्नुपर्छः परराष्ट्रविद्

चीनिया राष्ट्रपतिलाई नेपाल ल्याउन पहल गर्नुपर्छः परराष्ट्रविद्
nishchal-nath-pandey

असोज २७ । परराष्ट्रविद् मधुरमण आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा भाग लिन जाँदा चीनीयाँ राष्ट्रपति सि जिनपिङ्सँग हुने भेटलाई अवसरको रुपमा परिणत गर्नुपर्ने सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै परराष्ट्र मन्त्रालयका भुतपूर्व सचिव तथा संयुक्त राष्ट्रसंघका लागि नेपालमा स्थाई प्रतिनिधि समेत भैसकेका आचार्यले ब्रिक्स सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चीनीयाँ राष्ट्रपति सिलाई भ्रमणको बारेमा स्पष्ट पार्न सक्नुपर्ने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कामा बोल्दै उनले दक्षिण एशियालाई कनेक्टिभिटीमा जोड दिनको लागि व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट विशेष कुरा राख्न सक्नुपर्ने सुझाव समेत दिए । उनले भने,‘साउथ एशियालाई नेपाल भएर जोड्ने दिशामा अघि बढाउनुपर्छ, मिसिङ् लिंकेजहरुलाई जोड्न सक्नुपर्छ ।’ त्यस्तै उनले नेपालको लागि दुवै छिमेकी देशहरु भारत र चीन उतिकै महत्वपूर्ण रहेकोले दुवै देशसँग सन्तुलित नीति अपनाउनुपर्ने समेत बताए ।

उनले नेपाल सार्क र विमस्टेक दुवैको अध्यक्ष राष्ट्र भएकोले व्रिक्स सम्मेलनमा भाग लिन पाउनु अवसरको रुपमा चित्रण गरे । उनले व्रिक्स सम्मेलनमा सार्कका अन्य पाँच सदस्य राष्ट्रको समेत सहभागिता हुने भएकोले हाल स्थगित् गरिएको सार्क सम्मेलनलाई पूनः कसरी चाँडै गर्न सकिन्छ भन्नेबारेमा समेत कुरा गर्नुपर्ने धारणा राखे । उनले क्षेत्रिय स्तरमा कसरी सुरक्षा कायम गर्न सकिन्छ भन्नेबारेमा समेत यो फोरममा कुराकानी हुनुपर्नेमा जोड दिए ।

त्यस्तै पूर्वराजदुत डा. शंकर शर्माले पछिल्लो समय नेपालको पराष्ट्र नीति सन्तुलित नभएको भन्ने आंशकाहरु पैदा भएको उल्लेख गर्दै यसबारेमा प्रधानमन्त्रीले चीनीयाँ राष्ट्रपतिलाई आश्वस्त पार्न सक्नुपर्ने बताए । उनले भने,‘हामी सन्तुलित नीतिमा कहाँनिर चुकेको छौं ? यसबारेमा पनि हामीले ध्यान दिनुपर्छ, नेपाल कसैको लागि पनि प्लेग्राउण्ड बन्नुहुँदेन ।’

डा. शर्माले चीनसँग अघिल्लो सरकारले गरेका सन्धिसम्झौताहरु समेत जतिसक्दो छिटो कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले चीनीयाँ राष्ट्रपतिसँगको भेटमा गर्नुपर्ने बताए । उनले व्रिक्स सम्मेलन विश्वमै ठूलो फोरमको रुपमा उदाईरहेको उल्लेख गर्दै यसको चारवटा महत्वपूर्ण प्रोजेक्टहरु व्यापार, लगानी, सर्भिस सेक्टर र टुरिज्म सेक्टरकोबारेमा समेत नेपालले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा अर्का पराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले आठौं व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीले भाग लिन पाउनु ठूलो अवसर भएको बताउँदै भने,‘यो ठूलो अवसर हो, व्रिक्स आँफैमा मल्टिल्याटरल फोरम हो, झन यसपटक त सार्क सम्मेलन स्थगित भएको अवस्थामा सार्कका पाँच सदस्य राष्ट्रका प्रमुखहरु समेत आउँदैछन्, यसबारेमा समेत कुरा गर्नको लागि उपर्युत्त अवसर छ ।’

उनले चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित् भएपछि नेपालको कुटनीतिमा धब्बा लागेको हो कि भन्ने आशंका देखिएकोले यसबारेमा समेत प्रधानमन्त्री प्रचण्डले चीनीयाँ राष्ट्रपतिसँग कुरा गर्नुपर्ने सुझाव दिए । डा.पाण्डेले भने,‘नेपाल आउने भनेको समयमा चीनीयाँ राष्ट्रपति बंगलादेश र कम्बोडिया जाने ? तर नेपाल आउन किन सकेनन ? के कमजोरी भयो, कहाँनिर गृहकार्य पुगेन ?’ यसबारेमा समेत प्रष्ट कुरा आउनुपर्छ ।’

उनले चीनीयाँ राष्ट्रपति सि ग्लोवल लिडरसिपको रुपमा उदाएकोले उनको भ्रमण सामान्य अवस्थामा नहुने कुराको नेपालले समेत राम्रो हेक्का राख्नुपर्ने बताउँदै भने,‘त्यसैले सम्रगमा विदेश नीतिको बारेमा समेत र ईण्डिपेन्डेन्ट पर्सानालिटीको रुपमा प्रस्तुत हुुनुपर्छ ।’ पछिल्लो समय सार्क शव गृहमा परिणत भएको भनेर भारतीय सञ्चारमाध्यमले लेखिरहेको उल्लेख गर्दै भने,‘सार्क मर्यो भन्छन्, भारतीय थिंक ट्यांकहरुले समेत यसबारेमा लेखिरहेका छन् । ’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रको लिडर भारतले गरिरहेको भन्ने सन्देश दिनको लागि पाकिस्तानलाई आईसोलोटेड गरेको हुन सक्ने उनको भनाई थियो । त्यस्तै पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले चीनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित् हुनुमा नेपाल सरकार असफल भएको आरोप लगाएका छन् । उनले भने,‘यो व्रिक्स सम्मेलनमा भाग लिन जाँदा प्रधानमन्त्री प्रचण्डको चीनीयाँ राष्ट्रपतिसँग भेट हुन्छ, उहाँको नेपाल भ्रमणको लागि फेरि पहल गर्नुपर्छ ।’ उनले पछिल्लो समय नेपालको पराष्ट्र नीति एकातिरमात्रै लहसिएको आरोप लगाए ।

श्रेष्ठले पाकिस्तान र भारतको विवादमा नेपालल पहलिो पटक आफ्नो तटस्थता तोड्दै भारतको पक्ष लिएकोप्रति ईंकित गर्दै भने,‘यो त एकातिर ढल्कने काम भयो ।’

उनले व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री भाग लिन जानु अवसर भएको टिप्पणी गरे । उनले भने,‘व्रिक्समा आर्थिक साझेदारीदेखि अन्य कुराहरुमा समेत महत्वपूर्ण मानिएको छ ।’

Parastabid

विशेष