ताजा खबर पर्यटन News

पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

पर्यटनमै भविष्य खोज्ने सुन्दरीका यस्ता छन् योजना

mis_tourism_interv-358x330

असोज २७ । मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमैै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन् । व्यवस्थापन बिबिएमा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन् । थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन् ।

विश्व पर्यटन बजारको आकर्षणले यी १८ वर्षे युवतीलाई पनि उत्प्रेरित गरेकाले पर्यटनले नै देशलाई समृद्धिको बाटोमा अघि बढाउने र जनताको जीवनस्तर उकास्सिने उनको विश्वास छ । काठमाडौँको रैथाने परिवारमा जन्मिएकी थापालाई देश विदेशमा अध्ययन गर्ने राम्रा अवसर नआएको हैन तर, आफ्नै देशमा केही पौरख गरौँ भन्ने अभिलाषाका साथ यिनी नेपाली पर्यटन बजारमा आफ्नो भविष्य पहिल्याउँदैछिन् ।

राम्रा पढेलेखेका विद्यार्थी विदेशै जानुपर्छ भन्ने छैन, देशका लागि केही गरौँ भन्ने सोच सबैमा भए नेपालको समृद्धिका लागि धेरै कुर्नु पर्दैन, हामीजस्ता युवा–युवती देश बनाउने काममा तल्लिन हुनुपर्छ ।’–थापाले भनिन् । पुख्यौली पेसालाई निरन्तरता दिने सोचमा रहेकी थापाले बुबाको ट्राभल एजेन्सीको व्यवसायले आफूलाई आकर्षित गरेको र नेपालमा पर्यटनको भविष्य उज्ज्वल छ भनेर यो क्षेत्रलाई रोजेको बताइन् ।

पारिवारिक पेसाले गर्दा उनको घरमा धेरै पर्यटक अउँथे, सानैदेखि पर्यटक र पर्यटनबारे जानकार राख्ने थापाले पर्यटनलाई नै मुख्य पेसा बनाउने बताउँछिन् । प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त नेपालको पर्यटनमै उज्ज्वल भविष्य देख्ने यी सुन्दरीले पर्यटनको बजारीकरण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिन्छिन । भूकम्प र नाकाबन्दीपछि केही शिथिल बनेको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न र युवा पुस्तालाई परिचालन गर्नुपर्ने उनको धारणा छ ।

बाल्यकालदेखि नै स्कुलमा हुने हरेक प्रतियोगितामा उत्कृष्ट हुने गरेकी थापाले सफलतालाई चुम्दै मिस टुरिजमको ताज पनि जितिन् जुन उनको जीवनकै सबैभन्दा ठूलो खुसी थियो । उनी कलेजको पनि अब्बल छात्रा हुन् । अब खुसीसँगै उनमा केही गर्नैपर्छ भन्ने जिम्मेवारी पनि बढेको छ । पर्यटनमा कसरी अघि बढ्ने भन्ने अध्ययनमा रहेकी थापाले पर्यटनलाई कसरी प्रभावकारी प्रवद्र्धन गर्ने भन्ने योजना पनि बनाएको बताउँछिन् ।

पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म राम्रो अध्ययन अनुसन्धान नभएकै कारण बजारीकरण हुन नसकेको ठान्ने मिस टुरिजम थापाको पर्यटन उद्योगलाई विश्व बजारमा प्रवद्र्धनका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने सोच छ । पर्यटनसँगै कला क्षेत्रमा पनि उत्तिकै रुचि राख्ने थापा पर्यटनका लागि कला अपरिहार्य भएको बताउँछिन् । विभिन्न सञ्चारमाध्यममा उद्घोषणसमेत गरेकी थापाले अब म्युजिक भिडियोमा समेत लाग्ने योजना सुनाइन् ।

अहिले पाँचभन्दा बढी म्युजिक भिडियोका लागि माग भएको आएको सुनाउँदै थापाले चलचित्र क्षेत्रमा भने अभिनय गर्ने सोच नरहेको बताइन् । दसैैँ, तिहारलगायतका पर्वमा विदेश होइन पहिला देश घुमौँ अनिमात्र विदेश रोजौँ भन्ने आम नेपालीमा थापाको सुझाब छ

विशेष