कला साहित्य ताजा खबर News

नोबेल पुरस्कार विजेता फोको निधन

नोबेल पुरस्कार विजेता फोको निधन

fo असोज २७ । इटालीका नाटककार तथा अभिनेता डारियो फोकोे ९० वर्षको उमेरमा निधन भएको छ । सन् १९९७ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेका फो बीसौं शताब्दीमा राजनीतिक नाटक र हास्यनाटकका दिग्गजका रूपमा चिनिएका थिए ।

इटालीका प्रधानमन्त्री म्याट्टियो रेन्जीले फोको निधनबाट इटालीको नाटक क्षेत्र मात्र नभई संस्कृतिलाई नै अपूरणीय क्षति पुगेको प्रतिक्रिया दिए ।वामपन्थी राजनीतिमा झुकाउ राख्ने फो ‘अराजकतावादीको आकस्मिक मृत्यु’ तथा ‘तिर्न सक्दिनँ, तिर्दिनँ’ लगायतका नाटकका लागि प्रसिद्ध थिए ।

सन् १९६९ मा आएको उनको नाटक ‘हास्य रहस्य’ विवादास्पद भएको थियो । यसमा उनले बाइबलका सुसमाचारलाई आधुनिक तरिकाले प्रस्तुत गरेका थिए ।

Death

विशेष