ताजा खबर विदेश News

७० वर्ष राजगद्दी सम्हालेका थाइल्याण्डका राजाको निधन

७० वर्ष राजगद्दी सम्हालेका थाइल्याण्डका राजाको निधन

thailand-king असोज २७ । थाइल्याण्डका राजा भुमिबल अदुल्यादेजको ८८ वर्षको उमेरमा निधन भएको छ । राजधानी बैंककको सिरिराज अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उहां विश्वमै सवैभन्दा धेरै वर्ष शासन गर्ने राजा हुनुहुन्थ्यो । १८ वर्षको उमेरमा थाईल्याण्डको राजा भएका उहांले ७० वर्ष शासन गर्नुभयो । पछिल्ला केहिवर्षदेखि उहाँको स्वास्थ्य निक्कै नै खराव थियो । त्यसैले गर्दा उहां कमै मात्र सार्वजनिक समारोहमा देखिनुहुन्थ्यो । भुमिबलको निधन पछि अब ६३ वर्षका युवराज भजिरलङकोर्न राजा बन्नुहुने छ ।

विशेष