ताजा खबर News समाज

मलामी बोकेको ट्रक दुर्घटना २५ जना घाइते

मलामी बोकेको ट्रक दुर्घटना २५ जना घाइते

road-accident-logo असोज २७ । गोरखाको मकैसिङ वडा नम्बर ७ बाट वडा नम्बर २ तर्फ घाटमा मलामी र दाउरा लिएर जाँदै गरेको ट्रक बिहीबार दुर्घटना हुँदा चारजना गम्भीर घाईते भएका छन्।

क्षमताभन्दा धेरै करिब २५ जना यात्रु बोकेर घाटतर्फ जाँदै गरेको ट्रक सडकबाट करिब २५ मिटर तल पल्टिएको हो। बा २ ख ६८३१ नम्बरको ट्रक पल्टिँदा मकैसिङ ७ कि रिता श्रेष्ठ, रमिता श्रेष्ठ, वडा नम्बर ९ का सानकान्छा गुरुङ, र मिरा गुरुङ घाईते भएका हुन्। घाईतेहरुको कुरिनटार स्थित स्थानीय मेडिकलमा उपचार भएको डिएसपी बिरेन्द्र थापाले बताए । ट्रक चालक मकैसिङ ८ का सोमबहादुर गुरुङ प्रहरी नियन्त्रणमा छन्।

यस्तै गोरखा नगरपालिका १० एघार किलोमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाईते भएका छन्। आँबुखैरेनीबाट गोरखा तर्फ आउँदै गरेको ग १० प ६२३५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मनकामना गाविस ६ का २५ वर्षिय किशोर देवकोटा र पछाडि सवार उनका बाबु ५७ वर्षिय विष्णु देवकोटा घाईते भएका हुन्।

घाईतेको खुट्टा र शरीरिमा गम्भीर चोट लागेको छ। छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वि एण्ड बि अस्पताल काठमाण्डौँ रिफर गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ट्याक्टर चालक काभ्रेका रबिन तामाङ १२ किलो प्रहरी चौकिको नियन्त्रणमा छन्।

विशेष