ताजा खबर विदेश News

गुटरेस संयुक्त राष्ट्रसंघको महासचिव

गुटरेस संयुक्त राष्ट्रसंघको महासचिव

gutres

असोज २७ । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा नियुक्त भएका छन् । राष्ट्रसंघीय महासभाले गुटेरेसलाई नयाँ महासचिवमा नियुक्त गरेको हो । १ सय ९३ राष्ट्र सदस्य रहेको महासभाले गुटेरेसलाई आगामी जनवरी १ देखि ५ बर्षसम्मका लागि राष्ट्रसंघको महासचिवमा नियुक्त गरेको हो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले एक साताअघि गुटेरेसलाई नयाँ महासचिवमा चयन गरेपछि महासभाले आज त्यसलाई अनुमोदन गरेको हो । गुटेरेसले वर्तमान महासचिव ७२ बर्षीय बान की–मुनलाई प्रतिस्थापन गर्नेछन् ।

बानको कार्यकाल यो बर्षको अन्त्यमा सकिदैछ । सन् १९९५ देखि २००२ सम्म पोचुर्गलका प्रधानमन्त्री रहेका गुटेरेसले सन् २००५ देखि १० बर्षसम्म राष्ट्रसंघको शरणार्थीसम्बनधी उच्चायुक्त भएर काम गरिसकेका छन् ।

Gutres

विशेष