अपराध सुरक्षा ताजा खबर News

११ दिनदेखि बेपत्ता सुत्केरी महिला मृत फेला

११ दिनदेखि बेपत्ता सुत्केरी महिला मृत फेला

असोज २८ । बैतडीमा एघार दिनदेखि बेपत्ता रहेकी एक सुत्केरी महिला मृत फेला परेकी छन । थलाकडा ८ का विरेन्द्र सिंह धामीकी २० वर्षे श्रीमती पार्वती धामीको शव घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक बालनरसिंह राणाले जानकारी दिए ।

असोज १७ गते सुत्केरी भई घरमै भएको अवस्थामा वेपत्ता भएकी पार्वतीलाई घरनजिकै बाजको रुखमा झुण्डिएको अवस्थामा उनका जेठाजु रामसिंह धामीले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । । दुधे बच्चा छोडी महिला वेपत्ता भएको भन्दै रामसिंह धामीले यसअघि प्रहरीमा खोजी गरिदिन उजुरी गरेका थिए ।

Death

विशेष