ताजा खबर News

प्रहरी प्रमुखको १ सय २३ औं वार्षिक सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अमेरिका प्रस्थान

प्रहरी प्रमुखको १ सय २३ औं वार्षिक सम्मेलनमा भाग लिन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अमेरिका प्रस्थान

upendra असोज २७ । संयुक्त राज्य अमेरिकाको सान्डियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल बिहिबार अमेरिका गएका छन् । सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहने छ ।

उक्त सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गरिरहनुपरेका समस्या तथा चुनौतीहरु एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीति लगायत प्रहरी र नागरिक समुदाय बिचको सम्बन्ध, प्रविधिको प्रयोग सँगै देखिएका आपराधिक क्रियाकलापका बारेमा छलफल तथा कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसमेत अमेरिका गएका छन् । उक्त सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षकहरु सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउद समेतको सहभागिता रहेको छ ।

प्रहरी महानिरीक्षक अर्याल यही कात्तिक ५ गते नेपाल फर्किने कार्यक्रम रहेको छ । अर्यालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले निमित्त प्रहरी महानिरीक्षकको कार्यभार सम्हाल्ने छन् र

Upendra Kanta Aryal

विशेष