खेल ताजा खबर News

फिफाको नयाँ कार्ययोजना फिफा २.०

फिफाको नयाँ कार्ययोजना फिफा २.०

fifa असोज २८ विश्व फुटबल निकाय फिफाले भ्रष्टाचार काण्डका कारण उत्पन्न भएको संकटबाट माथि उठ्न प्रयासरत रहेको बताएको छ । सबै पक्षको विश्वास लिएर भविष्यको योजना बनाउन लागि परेको फिफाले जनाएको छ ।

फिफाले भ्रष्टाचार काण्डपछिको अवस्था र भविष्यको प्रमुख उद्देश्य समेटिएको योजना ल्याएको छ । यसलाई ‘फिफा २.०’ नाम दिइएको छ । फिफाका अध्यक्ष जानी इन्फान्टिनोले फिफालाई पछ्याउने खालको संस्था बनाउने प्रयासमा आफूहरु लागि परेको बताएका छन् ।

पहिले भन्दा अहिले फिफा बलियो भएको फिफाकी महासचिव फातमा सामोउराले बताइन् । गएको वर्ष फिफा भित्रको भ्रष्टाचारकाण्डमा तत्कालिन अध्यक्ष सेप ब्लाटरसहित धेरै उच्च अधिकारी मुछिएका थिए । फिफाले सन् २०२६ सम्मको योजना बनाएको छ ।

यसमा विश्व फुटबलको विकासमा लगानी बढाउने, महिला खेलाडीको संख्या बढाउने तथा फुटबलमा मानिसको सहभागितालाई वृद्धि गर्ने लक्ष्य राखिएको छ । फिफाको नयाँ योजनामा विश्व जनसंख्याको ६० प्रतिशतलाई फुटबलमा सहभागी गराउने लक्ष्य राखिएको छ । अहिले यो संख्या ४५ प्रतिशत छ ।

त्यस्तै फुटबलको विकास हुँदै गरेको क्षेत्रमा थप चार अर्ब अमेरिकी डलर लगानी गर्ने र महिला फुटबल खेलाडीको संख्या ६ करोड पु¥याउने लक्ष्य लिइएको छ ।

Fifa

विशेष